arrow

क्यान्सर पीडित पत्रकार बानियाँको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
sangita-baniya-patrakar-cancer-.jpg

भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगीता बानियाँको निधन भएको छ । 

ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।

 पत्रकार बानियाँको पार्थिव शरीर भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिने परिवारले जनाएको छ । 

 बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केही समयदेखि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको थियो ।

 पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिए पनि स्तन क्यान्सर पूर्णरुपमा निको भएको थियो । तर पुनः ब्रेनमा क्यान्सर देखिएको थियो । बानियाँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ