कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी
मणिप्रसाद गैह्रे,
प्रकाशित २०८१ चैत ६ बुधबार
741
Shares
कपिलवस्तु । कपिलवस्तु सदरमुकाम तौलिहवास्थित जिल्लाकै पुरानो कपिलवस्तु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा नेपाली काग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल विजयी भएको छ ।
नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियन नेपालको गठबन्धन (संयुक्त विद्यार्थी संघ) बाट अध्यक्षका उमेदवार रहेका नेविसंघका सन्दीप यादवले ४ सय ७३ मत पाएर अध्यक्ष निर्वाचित भएका छन् ।
उनका प्रतिष्पर्धी अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनका उम्मेदवार रहेका अनेरास्ववियुका राज अग्रहरीले २ सय ६५ मत पाएका छन् । निर्वाचनमा कुल ९ सय ६५ मतदाता मध्ये ७ सय ४७ मत खसेकोमा अध्यक्ष पदमा ९ मत बदर भएको थियो ।
त्यसैगरी सचिव पदमा संयुक्त प्यानलका मारुफ खानले ४ सय ११ मत पाएर चुनाव जित्दा अनुप चौधरीले ३ सय १७ मत पाएर पराजित भएका छन् । कोषाध्यक्षमा संयुक्त प्यानलकै आराधना पाण्डेयले ४ सय ३० मत पाएर निर्वाचित हुँदा अनेरास्ववियुका सलिम अहमद मुसलमानले २ सय ९१ मत पाएका छन ।
त्यसैगरी सदस्यहरुमा संयुक्तका करन कुर्मी ४ सय ५३, पंकज कुमार पासवान ४ सय ३९, परशुराम यादव ४ सय ३६, कुमारी शुभम वर्मा ४ सय ५२ र बजरंगी रैदास ४ सय ४९ मत पाएर निर्वाचित भएका छन् ।
जिल्लाको बाणगंगा नगरपालिकाको सिद्धार्थ क्याम्पस बाणगंगा र गौतम बुद्ध क्याम्पस बुद्धभूमि २ मा नेविसंघले निर्वाचन जितेको छ ।
उता बाणगंगा बहुमुखी क्याम्पस लौगाई, फलाहारी बाबा बहुमुखी क्याम्पस महाराजगंज, नेपाल आदर्श बहुमुखी क्याम्पस शिवराज १ र समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरमा अनेरास्ववियुको नेतृत्वले जितेको छ ।