arrow

उपरथी अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
army-chief-81-12-6.jpg

काठमडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति सिग्देलले उपरथी अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको  दर्ज्यानी चिह्न प्रदान गरे । 

त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ