-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेट गरेकी छन् ।
राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन् ।
भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा गरिन् । दुई देशका विदेश मन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ ।
पछिल्लो समय नेपालमा भइरहेका राजनीतिक गतिविधिहरूका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ ।