arrow

पीएम कपमा बागमती र कर्णालीको अङ्क सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
pmcup-mens-national-cricket-2025.jpg

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार बागमती प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । 

सिद्धार्थनगरमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । पहिले ब्याटिङ गरेको बागमतीले ८ विकेटको क्षतिमा २८८ रन बनायो । 

ईशान पाण्डेले ६९ तथा विपिन आचार्यले अविजित रहँदै ६३ रन बनाए । अर्जुन कुमालले ४ विकेट लिए । 

जवाफमा गण्डकीले ४४ ओभरमा अलआउट हुँदै २१९ रन बनायो । वंश क्षेत्रीले ५५ रन बनाएको इनिङ्समा अलराउन्डर एवं प्लेयर अफ द म्याच ईशान पाण्डेले ४ विकेट लिए । 

अर्को खेलमा कर्णालीले कोशी प्रदेशलाई १२७ रनले हरायो । सिद्धार्थनगरमै भएको खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा २१८ रन बनायो । अर्जुन घर्तीले ९५ बलमा अविजित रहँदै ८८ रन बनाए । विपिन मअहतोले ३ विकेट लिए । 

जवाफमा कोशीले ३५ ओभरमा अलआउट हुँदै ९१ रन बनायो । ओपनर चिराग साहले सर्वाधिक २५ रन बनाएको इनिङ्समा दिपेन्द्र रावत र सुनिल धमलाले समान ३–३ विकेट लिए । 

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा ५ खेलबाट समान १० अंकसहित नेपाल पुलिस क्लब शीर्ष तथा त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ ।

लुम्बिनी प्रदेश ५ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ भने सशस्त्र प्रहरीको एपीएफ ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ । 

कर्णाली प्रदेश र बागमती प्रदेश ५ खेलबाट ४ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । 

मधेस प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको समान २–२ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ