arrow

सार्वजनिक लेखा समिति

लेखा समितिले वार्षिक प्रतिवेदन चैत १५ भित्र सदनमा पठाइसक्ने [भिडियो]

समितिले सयमध्ये ४८ वटा उजुरीमाथि छलफल गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
lekha-samiti-12-05.jpg

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन यही चैत १५ गतेभित्र पारित गरेर सदन पठाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले प्रतिवेदनका सन्दर्भमा बाँकी रहेका प्राविधिक कुराहरूमा सच्याउनुपर्ने भए चैत १० गतेभित्र अध्ययन गरेर सुझाव दिन सांसदहरूसँग आग्रह गरे । 

त्यस्तै बैठकले समितिमा परेका १०० उजुरीमध्ये ४८ वटा उजुरीमा छलफल गर्ने भएको छ । समितिमा परेका उजुरीबारे अध्ययन गर्न नेपाली कांग्रेसका सांसद सञ्जय गौतम नेतृत्वमा उपसमिति गठन गरिएको थियो । 

उक्त उपसमितिले १०० मध्ये ४८ वटा उजुरीमाथि छलफल गर्नु उपयुक्त हुने उपसमितिले निष्कर्ष निकालेको छ । समिति सभापति पोखरेले उजुरीहरू लामो समयसम्म राख्दा अप्ठ्यारो हुने भन्दै आउँदो चैत १५ गतेसम्म टुङ्ग्याउनुपर्ने बताए । 

वुधबारदेखि नियमित २ घण्टा बैठक राखेर समितिमा परेकामध्ये ४८ उजुरीको टुङ्गो लगाउनुपर्ने बताए । 

बैठकमा बोल्दै सांसदहरूले समितिमा उजुरी पर्ने क्रम बढिरहेको उल्लेख गर्दै प्राथमिकीकरण गरी उजुरीहरू हेरिनुपर्ने धारणा राखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ