अग्नि परीक्षामा प्रशिक्षक रस, गरे नेपाली फुटबल टिमको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
1k
Shares
काठमाडौँ । नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीको छनोट गरेका छन् ।
सोमबार प्रशिक्षक रसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टिम–
गोलकिपर– किरण चेम्जोङ, दीप कार्की र अन्जल श्रेष्ठ ।
डिफेन्डर– अनन्त तामाङ, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ ।
नेपालले मार्च २१ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ, त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एसियन कपको छनोट खेल खेल्नेछ । एक वर्षको कार्यकालका लागि नियुक्त भएपछि रसको यो पहिलो खेल हुनेछ ।