arrow

बुटवल र भैरहवामा टाटाको नयाँ इभी सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
sipradi-tata-curvv-ev-butwal-2025-suv.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभी, नेक्सन के३ इभी र टाटा टियागो इभी - २०२५ बुटवल र भैरहवामा सार्वजनिक गरेको छ। भैरहवास्थित अम्बु मार्केटिंग र बुटवलस्थित सफल मोटर्समा टाटाको बहु प्रतीक्षित गाडीहरू कर्भ इभी, नेक्सन के३ इभी र टाटा टियागो इभी - २०२५ लन्च भएका छन्। 

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ एफएनसीसीआई सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य र एफएनसीसीआई बुटवलका अध्यक्ष हरि प्रसाद अर्यालको प्रमुख आतिथिय रहेको थियो।

कार्यक्रममा बोल्दै  सिप्रदी  ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतीले भने, "आज टाटा इभीको नयाँ मोडलहरू बुटवल र भैरहवामा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ। अब ग्राहकहरूले टाटाको प्रिमियम कर्भ इभी देखि धेरै यात्रा गर्नको लागि नेक्सन के३ इभि, बजेटमा एसयुभीको आनन्द लिनको लागि पन्च इभि र इन्ट्री लेवलमा नेपालमा सर्वाधिक रुचाइएको ह्याचब्याग टियागो इभि २०२५ मोडल रोज्न सक्नु हुन्छ।

ग्राहकहरूले नेपाली बाटो सुहाउने ग्राउन्ड क्लियरेन्स भएको सुरक्षित टाटाको गाडीहरू आफ्नो बजेट अनुसारले किनेर ढुक्क भएर इभि गाडीको मज्जा लिन सक्नु हुन्छ।"

त्यस्तै अम्बु मार्केटिंगका प्रोपराइटर परशुराम पराजुलीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा हर्षित भएको बताए।

सफल मोटर्सका प्रोपराइटर प्रदीप हमालको अनुसार बुटवलतिरको बाटो सुहाउँदो प्रिमियम र धेरै रेन्ज भएको गाडीहरू लन्च भएको हुँदा यो इभीहरूले ग्राहकको रोजाइमा विश्वस्त रहेको जानकारी दिए।

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रीपछिको सेवाको लागितत्पर लागिरहेको र ग्राहकहरूलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरू ढुक्क भएर लिन आग्रह गरे।

आजबाट बुटवलका ग्राहकहरूले सफल मोटर्सको शोरुम र भैरहवाको ग्राहकहरूले अम्बु मार्केटिंगको शोरुममा गएर लन्च भएको नयाँ गाडीहरू कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभीको टेस्ट ड्राइभ गर्न सक्नु हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ