arrow

रियाल मड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा, एथ्लेटिको पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
barcelona-ath-madrid-25-3-1.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबलमा बार्सिलोना पुनः शीर्ष स्थानमा पुगेको छ । रियाल मड्रिडलाई गोल अन्तरले पछाडि धकेल्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो । 

गएरातिको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा बार्सिलोना २–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै शानदार जित हासिल गरेको थियो ।

बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए ।

त्यसअघि एथ्लेटिको म्याड्रिडका लागि जुलियन अल्भारेज र एलेक्जान्डर सोरलोथले एक एक गोल गरेका थिए । 

खेलको ७०औं मिनेटसम्म २–० ले अघि रहेको एथ्लेटिकोले त्यसपछि ४ गोल खाएको थियो ।

यो जितपछि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २७ खेलमा ६० अंक भएको छ । त्यस्तै २८ खेल खेलेको रियाल मड्रिड ६० नै अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी एथ्लेटिको मड्रिडको २८ खेलमा ५६ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।
        



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ