प्रभु बैंक गण्डकी प्रदेशले मुस्ताङमा गर्यो वित्तीय साक्षरता कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
705
Shares
मुस्ताङ । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले घरपझोङ गाउँपादलकामा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिने उपायहरूको बारेमा जनचेतना फैलाउने र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्न रहेको बैंकले जनाएको छ ।
यस कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, प्रभु बैंकका अदाधिकारीहरू लगायतसहित १२० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्ने उपायहरूको बारेमा जानकारी दिए । उनले भने, "डिजिटल प्रविधिको उपयोग गर्दा हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ । हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आश्यकता छ ।"
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले पनि स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत छलफल गरे । कार्यक्रममा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका दिए ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले कार्यक्रमको स्वागत गर्दै भने, "हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ । यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ ।"
प्रभु बैंकको यस पहललाई स्थानीय समुदायले स्वागत गर्दै कार्यक्रमको समयमा धेरै प्रशंसा व्यक्त गरे । यस किसिमको कार्यक्रममा आगामी दिनमा पनि सहभागी हुने आशा उनीहरुले व्यक्त गरे ।
प्रभु बैंक गण्डकी प्रदेशले स्थानीय समुदायमा वित्तीय साक्षरता बढाउने र डिजिटल वित्तीय सेवाामा सचेत र सुरदक्षत बनाउनेआफ्नो प्रतिबद्धता देखाउँदै यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।