arrow

पीएम कप क्रिकेटः बागमतीमाथि लुम्बिनी हावी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
pmcup-lumbini-l.jpg

काठमाडौँ । पीएम कप एक दिवसीय क्रिकेटमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले पराजित गरेको हो ।

लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछ्याएको बागमतीले २२.५ ओभरमा अल आउट हुँदै ६७ रन मात्र बनाएको थियो ।

बागमतीका लागि कप्तान पृथु बास्कोटाले १५ तथा आशुतोष घिरोहिया र सुमन सुनुवारले ११(११ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर अजय चौहान र बिप्रासन केसीले ३(३ तथा निर्मल गुरुङ र रमेश कुर्मीले २–२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको लुम्बिनीले ३२.४ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाएका थिए भने मनिष थापा र कप्तान देव खनालले १५(१५ रन बनाएका थिए । त्यसैगरी बाग्मतीका बलर गौतम केसीले ४ विकेट लिएका थिए भने सुर्य तामाङ र इशान पाण्डेले २–२ विकेट लिएका थिए ।

जारी पीएम कपमा यो लुम्बिनीको तेस्रो जित हो । लुम्बिनीको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ । त्यस्तै बागमतीको भने चौथो खेलमा तेस्रो हार हो । बागमतीको ४ खेलमा एक जितबाट २ अंक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ