काठमाडौँ । न्यूजिल्याण्डले पाकिस्तान विरुद्धको ५ खेलको टी–२० क्रिकेटमा विजयी शुरुआत गरेको छ । आइतबार बिहान सम्पन्न पहिलो खेल न्यूजिल्याण्डले ९ विकेटले जितेको हो ।
क्राइस्टचर्चमा भएको खेलमा न्यूजिल्याण्डको जितमा टिम सेइफेर्टले ४४ रन बनाए भने फिन एलेनले अविजित २९ र टिम रोबिन्सनले अविजित १८ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टिम पाकिस्तानले १८.४ ओभरमा अल आउट हुँदै ९१ रन बनाएको थियो ।
पाकिस्तानका लागि खुशदिल शाहले ३२ रन बनाए भने कप्तान सलमान अघाले १८ र जहानदाद खानले १७ रन बनाएका थिए ।
त्यसैगरी न्यूजिल्याण्डका बलर क्याकाब डफीले ४ विकेट लिए भने किल जामिएसनले ३ तथा इश सोढ़ीले २ विकेट लिए ।
यो जितपछि पाकिस्तानले ५ खेलको श्रृंखलामा १–० को अग्रता हासिल गरेको छ ।