arrow

रियाल मड्रिड पुग्यो शीर्ष स्थानमा, दुवै गोल एम्बाप्पेबाट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
real-madrid-mbappe-25-3-15.jpg

काठमाडौँ । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिड शीर्ष स्थानमा पुगेको छ । गएरातिको खेलमा भिल्लारियललाई पराजित गर्दै रियाल शीर्ष स्थानमा पुगेको हो । 

रियाल २–१ ले विजयी भयो । खेलमा १–० ले पछि परेको रियाल मड्रिडले कमब्याक गर्दै जित हासिल गरेको थियो । रियाल मड्रिडको जितमा केलियनएम्बाप्पेले दुवै गोल गरेका थिए । त्यस्तै भिल्लारियलका लागि एक गोल जुआन फोयिथले गरेका थिए ।

गएरातिका अन्य खेलको नतिजा
गएरातिका अन्य खेलमा लस पल्मसले डेपोर्टिभो एलाभेससँग २–२ गोलको बराबरी गरेको छ भने सेल्टाभिगोले रियाल भल्लाडोलिडलाई १–० ले हराएको छ । 

मयोर्काले स्पानियोललाई २–१ ले तथा गिरोनाले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेलेका छन् । 

आजका खेल
आज चार खेल हुँदैछन् । लेगनेसले रियाल बेटिससँग, सेभियाले एथलेटिक क्लबसँग, ओसासुनाले गेटाफेसँग र रायो भाएकानोले रियाल सोसिडाडसँग खेल्ने कार्यक्रम छ । 

अंक तालिका
रियाल मड्रिड २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा रहेको छ । दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक रहेको छ । 

२७ खेलबाट ५६ अंकको एथलेटिको मड्रिड तेस्रो स्थानमा छ । २७ खेलबाटै ४९ अंकको एथलेटिक क्लब चौथो स्थानमा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ