arrow

ब्रजिलको टिमबाट हटाइए नेइमार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
neymar-24-11-7.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ब्रजिलका सुपरस्टार फुटबलर नेइमार फेरि घाइते भएका छन् । शुक्रबार तिघ्राको चोटका कारण नेइमार आगामी विश्वकप छनोटको लागि ब्रजिलको टिमबाट बाहिरिएका छन् ।

अक्टोबर २०२३ देखि ब्रजिलको टिम बाहिर रहेका नेइमारलाई ब्रजिलको विश्वकप छनोटका आगामी खेलका लागि राष्ट्रिय टिममा समावेश गरिएको थियो । 

मार्च २ मा ब्रागान्टिनोविरुद्ध सान्तोसको २-० को जितमा नेइमारको मांसपेशीमा समस्या आएको बताइएको छ । नेइमार कहिलेसम्म ठीक हुन्छन् भन्ने स्पष्ट भएको छैन ।  

नेइमारले ब्रजिलका लागि अहिलेसम्म १२८ खेल खेल्दै ७९ गोल गरेका छन् । उनी ब्रजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।  

नेइमारको चोटपछि ब्रजिलियन फुटबल कन्फेडेरेसनले उनको ठाउँमा स्पेनिश क्लब रियाल मड्रिडबाट खेलिरहेका युवा खेलाडी एन्ड्रिकलाई टिममा बोलाएको छ ।

त्यस्तै बोर्डले म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन र फ्लेमेन्गोका डानिलोलाई पनि टिमबाट बाहिर राखेको छ । उनीहरूको ठाउँमा, लियोनका गोलकिपर लुकास पेरी र फ्लेमेन्गोका डिफेन्डर एलेक्स सान्ड्रोलाई टिममा समावेश गरेको छ ।

जनवरी ट्रान्सफर विन्डोमा आफ्नो पुरानो क्लब सान्तोसमा फर्किएका नेइमार करिब १८ महिनापछि राष्ट्रिय टिममा फर्किएका थिए । 

दक्षिण अमेरिकी विश्वकप छनोट तालिकामा पाँचौं स्थानमा रहेको ब्रजिलले मार्च २१ मा घरेल मैदानमा कोलम्बियासँग र मार्च २५ मा प्रतिद्वन्द्वी अर्जेन्टिनासँग उसको घरेलु मैदानमा खेल्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ