arrow

एउटा प्रश्न

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ चैत २ शनिबार
beti-bajcharya-81-12-2.jpg

जीवन्त सम्बन्धको बन्धन
कृष्णसँग राधाको 
नियतिले गरेन स्वीकार
धरती र आकाश
प्यासी रहे 
हर युगमै 
भएन संगम
मनका तरंगहरूमै 
अनगिन्ति ज्वारभाटाहरू
महिले सुमधुर
कसिहले कर्कश
सरगमका लय जस्तै 
यही चलन...
हिजोका युगमा थियो 
आजसम्म छ रहेको 
भोलि पनि 
यसको निरन्तरता 
सायद 
किन ? 
के हुन सक्दैन परिवर्तन 
सायद
छैन यसको समाधान ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ