arrow

नेपालले हङकङमाथि हासिल गर्‍यो सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
t20-nep-hk-w-25-3-10.jpg

काठमाडौँ । युगाण्डामा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखला अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सहजै हराएको छ । नेपाल ६ विकेटले विजयी भएको हो । 

१०५ रनको चुनौती नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्ने क्रममा सम्झना खड्काले ४७, पूजा महतोले अविजित रहँदै २० तथा इन्दू बर्माले १८ रन बनाइन् ।

यअसघि खेलमा टस जितेर हङकङले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १०४ रन बनायो । राजमती ऐरीले ३, इन्दू बर्माले २ तथा पूजा महतो र ईश्वरी विष्टले १–१ विकेट लिए ।

यस श्रृंखलामा कमजोर प्रदर्शन गरिरहेको नेपाललाई यो खेल कमजोरी सुधार्ने अवसरको रुपमा रहेकामा ती कमजोरी केही हदसम्म सुधारिएको छ । नेपालको रोकिएको ब्याटिङ लाइनले गति लिएको छ । 

नेपालले कमजोर प्रदर्शन गरेसँगै नेपाल फाइनल पुग्ने होडबाट बाहिरिएको छ । 

पर्सी नेपालले तेस्रो स्थानका लागि भिडन्त गर्नेछ । फाइनल खेल पनि पर्सी नै हुनेछ । 

नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ । नेपालले यसअघि नामिबियासँग दुवै पटक हारेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ