-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफलाई पराजित गरेको छ ।
लमहीमा भएको खेलमा सशस्त्रले पहिले ब्याटिङ गर्दै २७.४ ओभरमा अलआउट हुँदै ९४ रनमात्र बनायो ।
सन्दीप जोराले सर्वाधिक २६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा ललित राजबंशीले १८ रन खर्चेर ६ विकेट लिए ।
जवाफमा पुलिसले ठोस शुरुआत गरे पनि अन्त्यतिर लगातार विकेट गुमाएपछि ८ विकेटको क्षतिमा २६.२ ओभरमा जित निकाल्यो ।
कुशल भुर्तेलले सर्वाधिक ३१ रन जोडे । भुवन कार्कीले ३ तथा राष्ट्रिय टिमकासमेत कप्तान रहेका रोहित पौडेल र अभिषेक गौतमले २–२ विकेट लिए ।
यता बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश भिडिरहेका छन् । सुदूरले २६७ रनको चुनौती दिएको छ ।
बागमतीले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २६६ रन बनायो । शुभ शंकरले ७७ तथा आशुतोष घिरैयाले ५८ रन बनाए ।
हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले २–२ विकेट लिए ।
अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा समान ३ खेलबाट ६ अंकसहित त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेका छन् ।
सशस्त्र प्रहरीको एपीएफ र लुम्बिनी प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
मधेस, कर्णाली, सुदूरपश्चिम र गण्डकीको समान २–२ अंक छ ।
त्यस्तै बागमती प्रदेश र कोशी प्रदेश अंकविहीन छन् ।