काठमाडौँ । युगाण्डामा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले अहिले आयोजक युगाण्डाको सामना गरिरहेको छ । जितका लागि नेपालले ९२ रनको चुनौती पछ्याउँदैछ ।
यसअघि युगाण्डाले टस जितेर पहिले ब्याटिङ गर्दै रीता मुसामालीको ३८ रनको मद्धतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो । रीया शर्माले २ विकेट लिइन् भने पूजा महतो, ईश्वरी विष्ट र रविना क्षेत्रीले १–१ विकेट लिए ।
पहिलो खेलभन्दा नेपाल कमजोर देखिएको छ । पहिलो चरणको खेलमा नेपालले युगाण्डामाथि मात्र संघर्षपूर्ण जित हासिल गरेको थियो । सोअनुसार आज पनि विजयी प्रदर्शन गर्ने आशा गर्न सकिन्छ ।
तर जारी श्रृंखलामा नेपालले निरश प्रदर्शन गरिरहेको छ । नेपालले खेलेका ४ खेलमा १ जित र ३ हार बेहोरेको छ । नेपालले यसअघि नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा हार बेहोरेको थियो ।
यो खेलपछि अब नेपालले भोलि हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।