उन्नाइस महिला क्रिकेट खेलाडीसँग क्यानको सम्झौता, को को परे ?
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
589
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले १९ महिला नेपाली क्रिकेट खेलाडीलाई दिएको वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ ।
क्यानले ए, बी, सी र डी गरी चार तहमा खेलाडीलाई वर्गीकरण गरेर खेलाडीसँग वार्षिक सम्झौता गरेको हो ।
क्यानले ए सूचीमा रहेका ४ महिला खेलाडीलाई प्रति महिना ५० हजार, बी सूचीमा रहेकी एक खेलाडीलाई प्रति महिना ३५ हजार, सी सूचीमा रहेका २ जनालाई प्रति महिना २५ हजार र डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना २० हजार रुपैयाँ दिने जनाएको छ ।
क्यानले यो सूचीमा पहिलो ६ महिनापछि पुनर्मूल्यांकन गर्ने जनाएको छ ।
खेलाडीको सूची यस्तो छ–
समूह एमा ईन्दू वर्मा, पूजा महतो, रुबिना क्षेत्री, सीता रानामगर रहेका छन् ।
समूह बीमा कबिता जोशीमात्र रहेकी छिन् ।
समूह सीमा कबिता कुँवर र सम्झना खड्का रहेका छन् ।
समूह डीमा बिन्दू रावल, एलिशा यादव, साना प्रवीन, रिया शर्मा, सीमाना केसी, साबित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, क्रिष्मा गुरुङ, ज्योत्सनिका मरासिनी, रचना चौधरी र मनिषा उपाध्याय रहेका छन् ।
समूह ईमा अर्जुन घर्ती, हेमन्त धामी, दिपेश सिंह, अर्जुन कुमाल, शुब शंकर र सन्तोष यादव रहेका छन् ।