arrow

फोनिज गण्डकीमा खीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
fonij-gandaki.jpg

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खीमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छन् ।

बुधबार पोखरामा सम्पन्न तेस्रो महाधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । समिति उपाध्यक्षमा धनबहादुर गुरुङ (कास्की) र शीला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिवमा दिलप्रसाद गुरुङ (कास्की) र कला राना (स्याङ्जा) र कोषाध्यक्ष सुमन थापामगर (कास्की) निर्वाचित भए ।

कार्यसमिति सदस्यमा चेतबहादुर थापा ‘प्रविन’ (कास्की) यमबहादुर सोमै मगर (नवलपुर), खड्गबहादुर आले (तनहुँ), मनप्रसाद गुरुङ (कास्की), कविता घर्तीमगर (कास्की), चन्द्रकुमारी महतो (नवलपुर), पुनम थापामगर (कास्की) र कृष्ण श्रेष्ठ ‘रोजी’ (कास्की) छन् ।

संघीय प्रतिनिधिमा रुद्र श्रीस मगर, रत्ना गुरुङ र सुशान्त गाहा मगरलाई चयन गरिएको निर्वाचन समिति संयोजक संघीय सल्लाहकार हुमबहादुर गुरुङले जानकारी दिए ।

प्रदेश समितिले बागलुङका यामबहादुर थापालाई पनि संघीय प्रतिनिधिमा मनोनीतका लागि सिफारिस गर्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ