-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । इसेवाले होली पर्वलाई सुरक्षित र जिम्मेवार तरिकाले मनाउन अभिप्रेरित गर्दै नयाँ बीमा योजना ‘होली केयर’ सार्वजनिक गरेको छ
मात्र १० रुपैयाँमा उपलब्ध यो बीमा योजनाले एक हप्तासम्मको लागि दुर्घटना बीमा र अस्पताल खर्व सुरक्षा प्रदान गर्ने इसेवाले जनाएको छ ।
यस योजनाले होलीमा हुन सक्ने आकस्मिक घटनालाई मध्यनजर गर्दै सुरक्षित र चिन्तामुक्त तवरले पर्व मनाउन सहयोग गर्ने उद्देश्य राखेको छ।
इसेवा र हिमालयन एभरेस्ट इन्स्योरेन्सको सहकार्यमा ल्याइएको यो बीमा योजनाले डिजिटल प्रविधिको माध्यमबाट सहज रूपमा खरीद गर्न सकिने छ ।
यो सेवा इसेवा एप मार्फत लिन सकिने छ।
होली पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन इसेवाले सबैलाई सचेत रहन आग्रहसमेत गरेको छ ।