arrow

रोडिकोटमा माटोको ढिस्कोले पुरेर एकको मृत्यु चार घाइते

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ फागुन २८ बुधबार
District-61-Humlat-hamrakura.jpg.jpeg

हुम्ला । हुम्लाको रोडिकोटमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु चार जना घाइते भएका छन् । 

माटोको ढिस्कोले पुर्दा सर्केगाड ७ रोडिकोटकी नेत्रकला जैसी मृत्यु भएको हो । घाइते हुनेमा सर्केगाड ७ रोडिकोटकै तिर्थकला जैसी,जालकी जैसी, लक्षीमा जैसी र मन्जु जैसी रहेको प्रहरीले जनाएको छ । 

घाइतेको उद्धारका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य जीवनबहादुर शाहीले उक्त घटनामा परी घाइते भएकाहरूको हेलीकप्टरमार्फत् छिटो भन्दा छिटो उद्धारको लागि प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रीसँग समन्वय गरिरहेकाले घाइते भएकाहरूको छिटो भन्दा छिटो उद्धार हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ