महिला टी–२० क्रिकेटमा नामिबियाविरुद्ध नेपाल टस जितेर बलिङमा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
662
Shares
काठमाडौँ । युगाण्डामा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले अहिले नामिबियासँग खेलिरहेको छ । दोस्रो चरणमा नेपालले नामिबियासँग खेलिरहेको हो ।
खेलमा टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ । यस श्रृंखलामा नेपालले खेलेका ३ खेलमा १ जित र २ हार बेहोरेको छ । नेपालले यसअघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा १ जित र २ हार बेहोरेको छ ।
नेपालले बिहीबार युगाण्डासँग र शुक्रबार हङकङसँग खेल्ने तालिका रहेको छ ।
त्यसपछि आइतबार अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।