arrow

एक सय सात वर्षीया ढुंगानासहित ४८ जना ज्येष्ठ नागरिक सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
jestha-nagarik-samman.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं १९ मा १०७ वर्षीया बालुदेवी ढुंगाना र १०३ वर्षीया भीमादेवी बास्तोलासहित ४८ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।

पोखरा महानगरपालिकाको स्थापना दिवसको अवसरमा पोखरा-१९ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । 

यसै अवसरमा वडा कार्यालयले पोखरा-२५ हेमजास्थित मानवसेवा आश्रमलाई कम्प्युटर र पोखरा-१९ कै दलित नागरिकलाई विद्युतीय आरन औजार प्रदान गरेको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकलाई सम्मानपत्र, रुद्राक्षको माला, मायाको चिनो, दोसल्लासहित सम्मान गरेका हुन् । 

वडासदस्य विकास कुमार आचार्यका अनुसार कार्यक्रम स्थलमै सहभागी भएका २७ जनालाई मंगलबार सम्मान गरिएको हो भने बाँकीलाई उनीहरुकै घरमा पुगेर सम्मान गरिनेछ । 

कार्यक्रममा मन्त्री थापाले ज्येष्ठ नागरिकको सम्मान, स्याहार र संरक्षण गर्ने दायित्व हामी सबैको भन्दै यस किसिमका कार्यक्रमले सामाजिक सद्भावलाई बलियो बनाउने दावी गरे ।

कार्यक्रममा माओवादी केन्द्र पोखरा-१९ का अध्यक्ष नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले पनि बोलेका थिए ।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य दुर्गादेवी बस्नेतले स्वागत र विकासकुमार आचार्यले सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ