सिप्रदी ट्रेडिङद्वारा नेपालमा टाटा एस इभीको १००+ युनिट बिक्री तथा १०+ लाख किलोमिटर सञ्चालनको उत्सव सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
561
Shares
काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस इभीको १००+ युनिट बिक्री तथा १०+ लाख किलोमिटरको निर्बाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्त्वपूर्ण उपलब्धि मनाएको छ। यो विशेष समारोह सिप्रदी ट्रेडिङको शो–रूम गैर धारामा सम्पन्न भयो। जसमा केही विशिष्ट ग्राहकहरूको उपस्थिति रहेको थियो।
नेपालका साना तथा मध्यम उद्यम (एमएसएमई) र कर्पोरेट व्यवसायहरूका लागि टाटा एस इभीले नयाँ सम्भावनाहरू प्रस्तुत गरेको छ। हालसम्म १००% ब्याट्री हेल्थ, न्यूनतम डाउन टाइम, र दोहोरिएर गाडी खरिद गर्ने ग्राहकहरूको वृद्धिले टाटा एस इभीलाई काठमाडौँ, पोखरा, बुटवल, चितवन, र इटहरीका व्यवसायीहरूको लागि भरपर्दो विकल्प बनेको छ। टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा विद्युतीय यातायात क्रान्ति ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रममा टाटा मोटर्सका सीवीआईबी प्रमुख असिफ शमीम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजन बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहे। उनीहरूले टाटा एस इभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनहरूप्रतिको विश्वासबारे आफ्ना विचार व्यक्त गरे।
समारोहमा विशेष केक काट्ने कार्यक्रम समेत आयोजना गरियो, जसले टाटा एस इभीको सफलतालाई थप उजागर गर्यो। साथै, विद्युतीय सवारीको प्रयोगले व्यवसायमा ल्याएको सकारात्मक प्रभावबारे ग्राहकहरूले आफ्ना अनुभवहरू पनि बाँडे।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै टाटा मोटर्सका असिफ शमीमले भने, “टाटा एस इभीप्रति ग्राहकहरूले देखाएको विश्वास हाम्रो दिगो तथा भरपर्दो यातायात समाधानप्रतिको प्रतिबद्धताको प्रमाण हो।”
त्यसै गरी, सिप्रदी ट्रेडिङका सिइओ राजन बाबु श्रेष्ठले भने, “सिप्रदी ट्रेडिङ सधैँ नवीनता र दिगोपनको प्रवर्द्धनमा अगाडि छ। टाटा एस इभीको सफलताले नेपालमा हरित यातायातप्रति बढ्दो रुचि देखाएको छ, र हामी यस यात्रामा गर्वका साथ सहभागी छौँ।”
शून्य उत्सर्जन प्रविधि, कम सञ्चालन खर्च, र भरपर्दो बिक्रीपछिको सेवाका कारण टाटा एस इभी व्यावसायिक सवारी साधनको क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै छ। सिप्रदी ट्रेडिङले यस उपलब्धिका साथ भविष्यका लागि दिगो, कुशल, र उन्नत यातायात समाधानहरू उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।