वीरगन्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
484
Shares
काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै सार्वजनिक भएको कर्भ इभी, नेक्सन के३ इभी र टाटा सफारी वीरगन्जमा लन्च गरेको छ। वीरगन्जस्थित प्राइम मोटर्समा बहु प्रतीक्षित गाडीहरू कर्भ इभी, नेक्सन के३ र टाटा सफारी लन्च भएका छन्।
सो कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, मदेश प्रदेश - जनार्दन सिंह क्षेत्रीको साथ सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतीले भन्नुभयो," आज वीरगन्जमा टाटाका नयाँ गाडीहरू लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौँ। अब ग्राहकहरूले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरू आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नु हुन्छ। र बिक्रीपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको छ।
त्यसैले टाटा मोटर्सको स्टाइलिश, प्रिमियम निया गाडीहरू ढुक्क भएर लिन सक्नु हुन्छ। सिप्रदीको सुरुवात देखि नै बिक्रीपछिको सेवालाई जोड दिँदै आएको हो र आज ४४+ वर्ष पछि पनि त्यसलाई निरन्तरता दिँदै गाडीको बिक्रीपछिको सेवाहरू-सर्भिस र चार्जिङ्ग नेटवर्कलाई प्राथमिकतामा रहेको छ।"
त्यस्तै प्राइम मोटर्सका प्रोपाइटर सुबोध सापकोटाले वीरगन्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा हर्षित भएको बताए। विशेषगरि भारतमा निकै रुचाइएको टाटा कर्भ इभीको धेरै ग्राहकहरू प्रतीक्षा गरिरहनु भएको र आजबाट गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको कुरा सुबोध सापकोटाले बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनार्दन सिंह क्षेत्रीले भने,"सिप्रदीको सर्भिस सुविधा देखेर अत्यन्त प्रभावित भएको छु। यसमा अझै थप विकाश हुँदै जाओस् भन्ने कामना व्यक्त गर्न चाहन्छु।"
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ इभीमा सिङ्गल चार्जमै लामो दुरीको यात्रा - काठमाडौँ, भारतको पटना, मुज्जफापुर सजिलै आवत जावत गर्न सकिने कुरामा जोड दिए।
आजबाट वीरगन्जको ग्राहकहरूले शोरुममा गएर लन्च भएको गाडीहरू कर्भ इभी, नेक्सन के३ र टाटा सफारीको टेस्ट ड्राइभ गर्न सक्नु हुन्छ।