arrow

रोनाल्डोको अल नासर एएफसी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
alnasar-ronaldo-25-3-10.jpg

काठमाडौँ । साउदी फुटबल क्लब अल नासर एएफसी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । गएराति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा इरानी क्लब इस्टेघलाल एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–० को नतिजासहित अल नासर प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

यस खेलमा जोन दुरानले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । साथै यस खेलमा खेलको पहिलो हाफको इन्जुरी समयमा मेहरान अह्मादीले रातो कार्ड पाएपछि इस्टेघलाल १० खेलाडीमा सिमित भएको थियो ।  यसअघिको राउण्ड १६ को पहिलो लिग गोलरहित बराबरीमा सकिएको थियो ।  

अब क्वाटरफाइनलमा अल नासरले कतारी क्लब अल साडसँग खेल्ने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ