प्रधानमन्त्री कप क्रिकेटमा आर्मी, पुलिस र सुदूरपश्चिम विजयी
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
696
Shares
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
आर्मीले बागमती प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले हरायो । आर्मीले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २६२ रन बनायो । सन्तोष कार्कीले ७६ रन बनाउँदा इशान पाण्डेले २ विकेट लिए ।
जवाफमा बागमती १२८ रनमै अलआउट भयो । विवेक मगरले ५१ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा शाहाब आलमले ३३ रन खर्चेर ४ विकेट लिए ।
त्यस्तै पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । पहिले ब्याटिङ गरेको पुलिसले ६ विकेटको क्षतिमा २४९ रन बनायो । कुशल भुर्तेलले ५९ रन बनाएको इनिङ्समा अजय चौहानले ३ विकेट लिए।
जवाफमा लुम्बिनी प्रदेशले ९ विकेटको क्षतिमा १६२ रन बनाउन सक्यो । प्रज्वल थापाले ७२ रन बनाएको इनिङ्समा सागर ढकालले ३ विकेट लिए ।
तेस्रो खेलमा सुदूरपश्चिमले जीपीसीएलाई ६ विकेटले हरायो । पहिले ब्याटिङ गरेको जीपीसीएले ८ विकेटको क्षतिमा २२० रन बनायो । दीपक डुम्रेले ७६ रन बनाएको इनिङ्समा शेर मल्लले ३ विकेट लिए ।
जवाफमा सुदूरपश्चिमले सहज जित हािसल गर्ने क्रममा ४ विकेटमात्र गुमायो । किरण ठगुन्नाले १०१ बलमा अविजित रहँदै १२१ रन बनाए ।