arrow

टाटाका नयाँ गाडीहरु जनकपुरमा लञ्च

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
curvv.ev-25-3-10.jpg

जनकपुर । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा लञ्च गरेको छ । 

जनकपुरस्थित गिरिजा अटोमोबाइलमा बहुप्रतिक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ र टाटा सफारी लञ्च गरिएको छ । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती, टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानका साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यता  रहेको थियो ।  

कार्यक्रममा बोल्दै  सिजापतीले भने, " आज जनकपुरमा टाटाका नँया गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं । अब ग्राहकहरुले टाटाको ईभीहरु २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजार सम्ममा रोज्न पाउनु हुनेछ। इन्ट्री लेभल गाडी  खोजिरहनु भएको ग्राहकले टियागो ईभी रोज्न सक्नु हुन्छ।  बजेटमा एसयूभीको आनन्द खोज्ने ग्राहकले पन्च ईभी रोज्न सक्नु हुन्छ। अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के३ ईभी रोज्न सक्नु हुन्छ।  र प्रिमियम एसयूभीमा लामो दूरी  भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुले आज लन्च गरेको कर्भ ईभी टप भेरिएन्ट लिन सक्नु हुन्छ। साथै भारतमा टाटा कम्पनिले राखेको चार्जिङ्ग सुविधाहरुको फाइदा उठाउन सक्नुहुन्छ।"        

त्यस्तै  गिरिजा अटोमोबाइलस् का प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा ईभीको बढी रेञ्ज भएको गाडीको आवश्यकता थियो र आज कर्भ ईभी र नेक्सन के३ ईभीले त्यो पूरा गरेको बताए ।    

जनकपुरमा लन्च सकेर अब टाटाका नयाँ गाडीहरुको रिजनल लञ्च वीरगंजमा हुन लागेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ