arrow

रियालको जितमा एम्बाप्पे र भिनिसियसको गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
real-madrid-25-3-9.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबल अन्तर्गत रियाल मड्रिडले रायो भाएकानोमाथि जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा रियाल मड्रिडले २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियालको जितमा केलियन एम्बाप्पे र भिनिसियस जुनियरले एक एक गोल गरेका हुन् । त्यस्तै रायोका लागि पेड्रो डियाजले एक गोल गरेका थिए ।

यो जितपछि रियाल मड्रिड ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । रियाल मड्रिडको २७ खेलमा ५७ अंक भएको छ । 

एक खेल कम खेलेको बार्सिलोनासँग समान अंक रहे पनि रियाल गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै रायोको यो हारपछि २७ खेलमा ३६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

गएरातिका अन्य खेलमा गेटोफेले एथलेटिक मड्रिडलाई २–१ ले तथा रियाल बेटिसले लस पल्मसलाई १–० ले हराउँदा एथलेटिक क्लब र मयोर्काले १–१ को बराबरी खेलेका छन् । 

बार्सिलोना र ओसासुनाबीचको खेल सरेको छ । 

लिगमा एथलेटिको मड्रिड ५६ अंकसहित तेस्रो, एथलेटिक क्लब ४९ अंकसहित चौथो तथा भिल्लारियल ४४ अंकसहित पाँचौँ स्थानमा छ । 

डेपोर्टिभो एलाभेस, लस पल्मस र रियाल भल्लाडोलिड रेलिगेशन क्षेत्रमा छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ