arrow

नेप्सेको सीईओका लागि १० जनाको आवेदन, को को हुन् ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
nepal-stock-exchange-nepse.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि १० जनाको आवेदन परेको छ ।

आवेदनको समय थप गरिएपछि संख्या बढेको हो । यसअघि एक जनाको मात्र आवेदन परेको थियो । पहिलोपटक फागुन १२ देखि १८ गतेसम्म मिति तोकिएको थियो । 

त्यसपछि समय थपेर फागुन २५ सम्म पुर्याइएको थियो । प्रमुख कार्यकारी अधिकृतका लागि आइतबार साँझ ५ बजेसम्म १० जनाले आवेदन दिएका हुन् । 

जसमा पूर्णप्रसाद आचार्य (इलाम), बद्रीप्रसाद प्याकुरेल (नुवाकोट), नारदकुमार लुइटेल (सर्लाही) युवराज दाहाल (झापा) प्रविण अधिकारी (काभ्रेपलाञ्चोक) चुडामणि चापागाई (झापा), बिमलकुमार तिवारी (सिराहा), कृष्णबहादुर कार्की (पाल्पा), हेमन्त बश्याल (पाल्पा) र मुकन्दराज जोशी (डडेलधुरा) रहेका छन् । 

सिफारिस समितिमा अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव सेवन्तक पोखरेल संयोजक छन् । 

सदस्यमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा डा खोमराज खरेल छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ