arrow

क्यानडाको दुग्ध र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
trump-11-25.jpg

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको दुग्धजन्य पदार्थ र काठ उत्पादनहरूमा पारस्परिक कर लगाउने चेतावनी दिएका छन् । 

ट्रम्पले ओभल अफिसको सम्बोधनमा उक्त टिप्पणी गरेका हुन् । क्यानडाले काठ र दुग्धजन्य पदार्थहरूमा वर्षौँदेखि २५० प्रतिशत कर लगाएर अमेरिकालाई ठगेको उनको आरोप छ । 

फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए  । जसमा क्यानाडाली ऊर्जा उत्पादनहरूमा १० प्रतिशत कर वृद्धि गरिएको थियो । 

फेब्रुअरी ३ मा ट्रम्पले दुवै देशहरूमा कर लागू गर्न ३० दिनको ढिलाइ र वार्ता जारी राख्ने घोषणा गरे। यस निर्णयअनुसार सम्बन्धित कर उपायहरू मार्च ४ मा लागू भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ