arrow

लिभरपुल शानदार जितसहित उपाधि नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
liverpool-25-3-8.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले साउथह्याम्पटनलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

१–० ले पछि परेको लिभरपुलले कमब्याक गर्दै खेल जितेको थियो । लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए । त्यसैगरी साउथह्याम्पटनका लागि विल स्मालबोनले एक गोल गरेका थिए । 

यो जितपछि लिभरपुलको २९ खेलमा ७० अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी साउथह्याम्पटनको भने२८ खेलमा ९ अंक छ र लिगको पुछारमा रहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ