arrow

म्यानसिटी उपाधि होडबाट लगभग बाहिरियो, नटिङ्घमसँग स्तव्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
mancity-nottingham-25-3-8.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलको उपाधि होडबाट म्यानचेस्टर सिटी लगभग बाहिरिएको छ । गएरातिको खेलमा नटिंघम फरेष्टसँग पराजित भएसँगै म्यानसिटी निकै पछि परेको छ ।

नटिंघमले घरेलु मैदानमा सिटीलाई १–० ले हराएको हो । खेलको ८३ औं मिनेटमा कलुम हडसन ओडोइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि नटिंघमको २८ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै यो हारपछि म्यानचेस्टर सिटी २८ खेलमा ४७ अंकसहित चौथो स्थानमा रहेको छ ।

सिटीभन्दा निकै अगाडिको लिभरपुलको २९ खेलमा ७० अंक भइसकेको छ । दोस्रो स्थानको आर्सनलको २७ खेलमा ५४ अंक छ । लिभरपुलले केही खेलपछि नै उपाधि पक्का गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ