-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
हजारौँसँग आफ्नो मन साट्न जानेको भए
तिमीले झैँ अरुको कुरा काट्न जानेको भए
साँचो बोल्ने बानी छ दुःख पाउँछु त्यसैले म
हुन्थेँ होला म पनि खुशी ढाँट्न जानेको भए
हिँड्नु पर्ने थिएन होला एक्लै यो बीच बाटोमा
दूध फाटे जस्तै बेलैमा फाट्न जानेको भए ।