अभ्यासका क्रममा लडाकु विमानले बम खसाल्दा सात जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
1.6k
Shares
काठमाडौँ । दक्षिण कोरियाली वायुसेनाले बिहीबार प्रत्यक्ष फायर अभ्यासको क्रममा दक्षिण कोरियाको नागरिक क्षेत्रमा दुर्घटनावश लडाकु विमानले बम प्रहार गर्दा सात जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार बिहान १० बजे राजधानी सियोलबाट लगभग ४० किलोमिटर उत्तरमा रहेको अन्तर कोरियाली सीमावर्ती शहर पोचियोनमा रहेको प्रत्यक्ष–फायर रेन्ज बाहिर केएफ–१६ लडाकु विमानले असामान्य रूपमा आठ एमके–८२ बम प्रहार गरेको थियो ।
सञ्चार माध्यमहरूका अनुसार उक्त घटनामा सात जना नागरिक घरहरू परेका थिए । जसमा चार जना गम्भीर घाइते भएका छन् । अन्य तीन जना सामान्य घाइते भएका छन् ।