arrow

ग्राहकलाई लक्जरी र चालकलाई किफायती बनाउँदै टाटाको एक्सप्रेस टी ईभी ट्याक्सी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
tata-ev-taxi.jpg

काठमाडौँ । जुन चिज सफल हुन्छ त्यही चिजको चर्चा हुन्छ । अर्थात् बजारमा त्यही चिज देखिन्छ । हो, अहिले काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन (ईभी) ट्याक्सी प्रशस्त देखिन थालेका छन् । त्यसमा पनि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ल्याएको ‘टाटा एक्सप्रेस टी’ ईभी ट्याक्सी ।

सिप्रदीले बजारमा ल्याएसँगै अहिले सडकका अधिकांश भागमा यिनै ट्याक्सी देखिन्छन् । आखिर किन यतिविधि ट्याक्सी बजारमा त ? 

एक ट्याक्सी चालकले सहज उत्तर दिँदै भने, ‘पहिले पहिले पेट्रोलको ट्याक्सी चलाउँदा खर्च बढी हुन्थ्यो अनि हामीलाई खर्च बचाउन धौ धौ हुन्थ्यो । अहिले सस्तोमा चार्ज गर्न मिल्छ । हामीलाई त किफायती नै भयो । अर्कोतिर ग्राहकले पनि पेट्रोलको गन्ध नआउने भएपछि लग्जरी महसुस गर्ने रहेछन् ।’

उनकै भनाइलाई थप स्पष्ट पार्दै अर्का कोटेश्वरमा भेटिएका चालकले भने, ‘पहिले त मैले दिनको दुई हजारको पेट्रोलमात्रै खर्च गर्थेँ । अहिले यो ईभीले त दुई सयमै काम तमाम । मलाई त एकदमै फाइदा भएको छ ।’

उनकै ट्याक्सीमा बस्दै गरेकी एक युवतीले भनिन्, ‘मलाई पहिले भोमिट हुन्थ्यो । पेट्रोल गन्हाउँथ्यो । अहिले त कम्फर्ट फिलिङ भाछ ।’

यात्रुलाई पनि ईभी ट्याक्सी मन पर्नुपर्ने कारणबारे सोध्दा उनले भनिन्, ‘यसमा एसी छ, लक्जरी सिट छ । हामीलाई एकछिनलाई चाहिने यत्ति फेसेलिटी त हो नि ।’

ट्याक्सी चालकलाई फाइदा भएपछि उसले यात्रुलाई दिने सुविधा पनि राम्रै हुन्छ । तर सडकका खाल्डाखुल्डीले गर्दा वाक्कै बनाउँछ । खाल्डाखुल्डीलेसमेत ईभी ट्याक्सीलाई फरक नपार्ने बताउँदै बानेश्वरमा भेटिएका एक चालकले भने, ‘काठमाडौँको उकालो–ओरालो खाल्डाखुल्डीमा पनि सजिलै चल्छ । खर्च नै कम भएपछि आम्दानी पनि बढेको छ । ढुक्क पारेको छ ।’

उनले अगाडि भने, ‘सिप्रदीले फाइनान्सको सुविधा पनि सजिलो बनाएको रैछ । मैले त यसको प्रयोग गरेँ नै मेरा दुईटा विदेश जान ठिक्क परेका भाइहरू पनि सिप्रदीकै यही सुविधाको फाइनान्सबाट ट्याक्सी लिइदिएको छु । उनीहरू पनि नाफामा गइसके ।’

माथिका यी भनाइहरूले भने सिप्रदीको योजना सफल भएको बुझ्न सकिन्छ । एउटा कम्पनीले खोज्ने ग्राहकको सन्तुष्टि नै हो । ग्राहक सन्तुष्ट भए अन्त कतै जाँदैनन् । घुमिफिरी त्यहीँ गइहाल्छन् । 

सिप्रदीले १ लाख २० हजार किलोमिटरसम्म सर्भिसिङ र रिपेयरिङ निःशुल्क दिएको छ । यसले स्वरोजगार चालकलाई अझ बढी फाइदा भएको छ । 

टाटा एक्सप्रेस टी ईभी ट्याक्सी चलाउँदा यात्रु र चालक लाभान्वित भइरहेका छन् । विमानस्थलमा विदेश जाने लर्को लागेका बेलामा विदेशमा गएर सहजै पैसा कमाउन नसकिने भनाइ उनीहरूलाई राखिदिएर नेपालमै केही गर्ने अवसर दिने हो भने पक्कै पनि उनीहरू फाइदामा हुनेमा दुईमत छैन । 

जसरी एक चालकले आफ्ना दुई भाइलाई यही ईभी ट्याक्सी किनिदिएर स्वदेशमै बसेर सेवा गर्ने अवसर जुटाइदिए त्यसरी नै सिप्रदीले दिएको फाइनान्स सुविधाको पनि योगदान उत्तिकै छ । 

एक्सप्रेस टीको बजार मूल्य अहिले ३६ लाख ९९ हजार तोकिएको छ । यसबाट हुने आकर्षक आम्दानी र यात्रुकै कारण नेपाली बजारमा यसको दरिलो उपस्थिति देखिएकोमा दुई मत छैन ।

सिप्रदी पनि खुशी 
बजारबाट पाएको प्रतिक्रियाबाट सिप्रदी व्यवस्थापन पनि खुशी देखिएको छ । सिप्रदीका फ्लिट सेल्स म्यानेजर नवराज निरौला भन्छन्, ‘एक्सप्रेस टी ट्याक्सी सार्वजनिक भएको दुई वर्ष भयो, यो अवधिमा हामीले १ हजार ५ सय युनिटभन्दा बढी बिक्री गरिसकेका छौँ । यो संख्याले हामी एकदमै उत्साहित भएका छौँ ।’

सामान बेच्ने बेलामामात्र निकै मीठा कुरा गरे पनि त्यसपछि भने खासै वास्ता नगर्ने परम्परा रहँदै आएकामा जब ग्राहकले नै उत्पादनको तारिफ राम्रो गर्छन् भने स्वभावैले बिक्रेतामा खुशी छाउने गर्दछ । 

यतिबेला एक्सप्रेस टी ईभी ट्याक्सीका ब्राण्ड एम्बेसडर नै ती चालक र यात्रु भएका छन् जसले आफ्नो प्रतिक्रिया खुशीका साथ व्यक्त गरिरहेका छन् । 

निरौला पनि चालक तथा यात्रु दुवैलाई यात्रामा सहजता, आरामदायी एवं उत्कृष्ट अनुभव प्रदान गर्ने बताउँछन् । अन्य ट्याक्सीको दाँजोमा आरामदायी, आधुनिक तथा पर्याप्त ‘बुट स्पेस’ का कारण यात्रुको रोजाइमा टी ईभी ट्याक्सी पर्न सफल भएको सिप्रदीको दाबी छ । 

जसरी चालकको बचत भइरहेको छ त्यसलै मासिक डेढ लाख रुपैयाँसम्म बच्ने अवस्था देखिएको छ । सिप्रदीले दिएको सुविधाकै कारण यो सम्भव भएको हो । 

त्यसैले त निरौला भन्छन्, ‘नेपाली बजारमा एक्सप्रेस टी ईभी ट्याक्सीको उपस्थिति दरिलो हुनुमा हामीले प्रदान गरेका सेवा सुविधाले पनि विशेष भूमिका खेलेको छ ।’ 

सिप्रदीका ठाउँ ठाउँमा चार्जर सुविधा छन् । त्यसैले त चालकले सहजै चार्ज गर्छन् र यात्रुलाई सेवा दिन्छन् । सिप्रदीका अनुसार काठमाडौं उपत्यकाका बालकुमारी, सानागाउँ, सानेपा चोक, वनस्थली, टिकाथली, बौद्ध (जोरपाटी), गोंगबु र सिन्धुपाल्चोक खाडीचौर गरी ८ स्थानमा डेडिकेटेड फास्ट चार्जर सुविधा उपलब्ध छ ।

यी चार्जिङ स्टेसनमा ३० किलोवाट चार्जर रहेकाले १ घण्टामै ट्याक्सी फूलचार्ज हुन्छ । निजीतर्फ सिप्रदीले काठमाडौं उपत्यकाका ३० वटा ग्यारेजसँग सम्झौता गरी ७.२ किलोवाटको चार्जबाट ३ घण्टामा फुलचार्ज हुने सुविधा पनि उपलब्ध गराइरहेको छ ।

त्यसैगरी बालकुमारी र गोगंबुमा अत्याधुनिक डेडिकेटेड सर्भिस सेन्टर तथा बालकुमारी सर्भिस सेन्टरमा सेल्स, सर्भिस तथा स्पेयर गरी थ्रि एस सेवा उपलब्ध छ ।

कम्पनीले एक्सप्रेस टी ईभी ट्याक्सीको सर्भिसिङ तथा चार्जिङ सुविधासहित सर्भिस सेन्टरमा थप कार्यसमय मार्फत ग्राहक सेवालाई परिष्कृत गरिएको जनाएको छ । 

यी सर्भिस सेन्टर बिहान साढे ६ बजेदेखि राति साढे ९ बजेसम्म खुला हुँदै आएका छन् । 

के दिँदैछ सिप्रदीले थप ? 
सिप्रदीले अन्य सेवासमेत थप्ने काम गरिरहेको बताएको छ । ५ सिट क्षमता भएको एक्सप्रेस टी ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्नेछन् । 

यसको टर्निङ रेडियस ५.१ मिटर छ । बुट स्पेस ३ सय १६ लिटर पाउन सकिन्छ ।

एक्सप्रेस टी ईभीको ब्याट्री र मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी, १ वर्षको सवारी कर, रोडसाइड एसिस्टेन्स र मोबाइल भ्यान लगायतका थप सुविधाहरू रहेको सिप्रदीले जनाएको छ ।

यसका साथै डाउन पेमेन्ट र फाइनान्सको सुविधासहित ३ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि प्राप्त गर्न सकिने छ ।

सिप्रदीले काठमाडौं बाहेक मोफसलमा तीन ठूला सहरमा पनि एक्सप्रेस टी ईभी ट्याक्सी बिक्री वितरण थाल्न लागेको जनाएको छ । 

ती तीन ठूला सहरहरूमा पोखरा, भैरहवा र नेपालगञ्ज रहेका छन् । सिप्रदीले ७७ ओटै जिल्लामा पहुँच बनाउने गरी काम गरिरहेकोसमेत जनाएको छ । 

के छन् यो ट्याक्सीका विशेषताहरू ?

यसो भन्छ कम्पनी 
-आधुनिक फिचर उपलब्ध छन् ।

-२४ किलोवाटको शक्तिशाली लिथियम ब्याट्री प्रयोग भएको छ ।

-१ सय १० मिनेटको छोटो अवधिमै शून्यदेखि ८० प्रतिशत चार्ज हुने प्रभावकारी चार्जिंङ सकेट छ ।

-एक्सप्रेस टीमा एयर ब्याग, ईबीडीसहित एबीएसलगायत फिचर छन् ।

-घरमा १५ एम्पेयरमा चार्ज गर्न मिल्छ ।

-४८ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान छ ।

-सिंगल फुल चार्जले ३ सय ६ किलोमिटर रेन्ज दिने र १ सय ७० एनएम टर्क पावर उत्पादन गर्छ ।

-५ सिट क्षमता भएको एक्सप्रेस टी ट्याक्सीमा यात्रुले आरामदायी यात्रा हुन्छ ।

-टर्निङ रेडियस ५.१ मिटर छ ।

-बुट स्पेस ३ सय १६ लिटर पाउन सकिन्छ ।

-गाडीको लम्बाइ ३ हजार ९ सय ९३ एमएम, चौडाइ १ हजार ६ सय ७७ एमएम र उचाइ १ हजार ५ सय ३२ एमएम छ ।

-२ हजार ४ सय ५० एमएमको ह्विलबेस र १ सय ७२ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

-एसी र डीसी दुवै चार्ज सपोर्ट गर्छ । 

-१५ एम्पेयरको चार्जिङ पोर्टबाट करिब ९ घण्टामा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

-२५ किलोवाट क्षमताको डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ६५ मिनेटभित्र नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ