arrow

ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई कमजोर बनाएको हमासको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
trump-25-3-5.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले कमजोर युद्धविरामको अवहेलना गर्न इजरेललाई प्रोत्साहित गर्ने हमासले बिहीबार बताएको छ।
 
अमेरिकाले ‘आतङ्कवादी’ समूह मान्ने हमाससँग गाजामा रहेका अमेरिकी बन्धकहरूलाई लक्षित गरी आस्मिक प्रत्यक्ष वार्ता गरेको ट्रम्पको प्रशासनले खुलासा गरेको केही घण्टापछि ट्रम्पको यो चेतावनी आएको थियो ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले इजरेलसँग परामर्श भएको पुष्टि गर्दै प्रत्यक्ष वार्ताका बारेमा आफ्नो धारणा व्यक्त गरेको जनाएको छ ।

ट्रम्पले आफ्नो प्रशासनले अर्बाैं डलरको हतियार छिटो उपलब्ध गराउने क्रममा आफूले इजरेललाई आफ्नो काम पूरा गर्न आवश्यक सबै कुरा पठाउने बताएका छ । 

उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “सबै बन्धकहरूलाई अहिले रिहा गर्नुहोस्, पछि होइन, र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू तुरुन्तै फिर्ता गर्नुहोस्, अन्यथा यो तपाईंको लागि ‘नारकीय’ बाटो हुनेछ ।” 

उनले भने, “यो तपाईंलाई दिइएको अन्तिम चेतावनी हो! हमास नेतृत्वका लागि अब गाजा छोड्ने समय आएको छ, तपाईंसँग अझै पनि मौका छ।”
 
ट्रम्पले सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको प्रतिक्रियास्वरूप इजरेलको अथक सैन्य अभियानका कारण गाजाको सम्पूर्ण जनसङ्ख्या विस्थापित भएको पनि बताएका थिए । 

“गाजाका जनताका लागिः एक सुन्दर भविष्यले पर्खिरहेको छ, तर यदि तपाईं बन्धकहरू राख्नुहुन्छ भने तपाईं सम्झनुस् परिस्थिति फरक हुनेछ । ठूलो क्षति व्यहोर्नुपर्नेछ ।”

हमासका प्रवक्ता हाजेम कासिमले ट्रम्पको शब्दले इजरेललाई जनवरी १९ देखि जारी युद्धविरामका शर्तहरूको अवहेलना गर्न प्रेरित गरेको बताए । 

“यी धम्कीहरूले युद्धविराम सम्झौतासँग सम्बन्धित मामिलाहरूलाई जटिल बनाउँदछ र यसका सर्तहरू कार्यान्वयन गर्नबाट जोगिन कब्जालाई प्रोत्साहित गर्दछ,” कासिमले एक बयानमा भने ।

हमास नेता कासिमले भने, “हमास संयुक्त राज्य अमेरिकालाई युद्धविरामको दोस्रो चरणमा प्रवेश गर्न इजरेललाई दबाब दिन आग्रह गर्दछ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ