arrow

 बारको चुनावमा एमाले र कांग्रेसबीच गठबन्धन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
Nepal-bar-association.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन हुने भएको छ ।

अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइराला उम्मेदवार बन्ने सहमतिसहित एमाले र कांग्रेसले गठबन्ध गर्ने भएका हुन् । मिश्र नेपाल बारका पूर्वमहासचिव हुन् भने कोइराला कोशीका पूर्व मुख्य न्यायाधीवक्ता हुन् ।

नेपाल बारको नयाँ पदाधिकारी चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । निर्वाचनमार्फत २५ सदस्यी कार्यसमिति चयन हुनेछ । 

नेपाल बारको नयाँ कार्यसमितिको निर्वचनका लागि आज उम्मेदवारी दर्ता भएको छ ।

२५ सदस्यीय कार्यसमितिमा कांग्रेसले अध्यक्षसहित १२ र एमालेले महासचिवसहित १३ पद लिने सहमति भएको छ । दुवै दलसमर्थित कानून व्यवसायीहरुले अन्य उम्मेदवारको टुंगो लगाउँदै छन् ।

नेपाल कानून व्यवसायी परिषद्को पार्षद्, सर्वोच्च अदालत बार एशोसिएशनको पदाधिकारी चयनका लागि हालसालै सम्पन्न भएको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट कानून व्यवसायीहरुको संगठन गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन), एमालेनिकट कानून व्यसायीहरुको संगठन पीपीएल र अन्य संगठनबीच तालमेल भएको थियो । 

नेपाल बारको निर्वाचनमा सोही गठनबन्धन व्युँतिने बताइएपनि माओवादी निकट कानुन व्क्य्वासायीले अध्यक्ष नदिएपछि एमालेले कांग्रेससँग गठबन्धन गरेको बताइएको छ ।

माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुको संगठन आरपीएलएएनले भने वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एशोसिएशनका पूर्व महासचिव र पूर्व महान्यायाधिवक्तासमेत हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ