अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
792
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बदनाम गरिएको उल्लेख गरे ।
उनले भने, ‘एनजीओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बदनाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रूपमा जारी गरोस् ।’
उनले अमेरिकाले गैरकानूनी रूपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए । अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेर मात्र गैरआवासीय फिर्ता गर्न समेत हुने माग गरेका छन् ।