arrow

ग्रीनल्याण्ड र पानामा नहर लिने ट्रम्पको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
trump-11-22.jpg

काडमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर र ग्रीनल्याण्ड दुवै लिने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दा यस्तो टिप्पणी गरेका हुन् ।

अमेरिकाको राष्ट्रिय सुरक्षालाई अझ बढाउन आफ्नो प्रशासनले पानामा नहर लिन लागेको  बताए । दिवङ्गत अमेरिकी राष्ट्रपति जिमी कार्टरलाई १९७० को दशकमा पानामासँग सन्धिमा हस्ताक्षर गरेकोमा दोष लगाए । कार्टरले देशलाई महत्त्वपूर्ण जलमार्ग चलाउने अधिकार हस्तान्तरण गर्नुभएको थियो । आफ्नो प्रशासनले ग्रीनल्याण्डवासीहरू भविष्य निर्धारण गर्ने कुरालाई समर्थन गर्ने बताए । 

लगभग ६० हजार जनसङ्ख्या भएको विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड, १९५३ सम्म डेनिस उपनिवेश थियो । १९७९ मा ग्रीनल्याण्डले गृह शासन प्राप्त गर्‍यो । जसले गर्दा ठूलो स्वशासन प्राप्त भएको थियो । डेनमार्कले आफ्नो विदेश र रक्षा नीतिमा अधिकार भने कायम राखेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ