‘हिटलर’ भनी प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्ने दुई युट्युबरको संसद पास निलम्बन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । संघीय संसद सचिवालयले दुई जना युट्युबरको संसद प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास निलम्बन गरेको हो ।
केही दिनअघि प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्दै प्रश्न सोधेपछि संसद सचिवालयले यस्तो कारबाही गरेको बुझिएको छ ।
संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ ।