arrow

एभरेष्ट बैंकले चैत ३ सम्म थप्यो ऋणपत्रमा आवेदन दिने म्याद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
everest-bank-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिन चैत ३ गतेसम्म म्याद थप गरेको छ । यस अवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।

एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गरेको हो । यसमा वार्षिक ७।५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज  क्यापिटलले गरेको छ ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ