दोस्रो त्रैमासमा एभरेष्ट बैंकको नाफा दुई अर्बले बढ्यो
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
532
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले खुद नाफा बढेको छ । बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ कमाएको हो ।
अघिल्लो वर्षको यसैअवधिको तुलनामा यसअवधिमा नाफा २१.११ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै यसको खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी १९।११ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यता, सञ्चालन आम्दानी पनि २६।९७ प्रतिशतले बढेर ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
गत वर्ष ४३ करोड २३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३४ करोड ९५ लाख ९८ हजारु रुपैयाँ आएको छ । आरओई १४.५५ प्रतिशत छ । प्रतिशेयर आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ०६ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ छ ।