काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा स्पेनिश मड्रिड डर्बीमा रियाल मड्रिड विजयी भएको छ । रियालले एथ्लेटिको मड्रिडलाई पराजित गरेको हो ।
गएराति भएको खेलमा रियालले एथ्लेटिकोलाई २–१ ले हराएको हो । रियालको जितमा रोड्रिगो र ब्राहिम डियाजले एक एक गोल गरेका थिए । एथ्लेटिकोका लागि जुलियन अल्भारेजले गरेका थिए ।
यो जितपछि आफ्नो घरेलु मैदानमा सम्पन्न राउण्ड आफ १६ को पहिलो लेगमा रियाल मड्रिडले झिनो अग्रता हासिल गरेको छ । अब दोस्रो लेग एथ्लेटिको मड्रिडको मैदानमा मार्च १३ मा हुने छ ।