काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब आर्सनलले च्याम्पियन्स लिग नकआउट चरणको इतिहासकै सबैभन्दा ठूलो ‘अवे’ जित दर्ता गरेको छ।
आर्सनलले अन्तिम १६ को पहिलो लेगमा पिएसभी आइन्डहोभनलाई ७–१ ले पराजित गर्न सफल भएको हो । बुकायो साका, काइ हाभर्ट्ज, ग्याब्रिएल मार्टिनेली र ग्याब्रिएल जिससजस्ता मुख्य खेलडी अनुपस्थित रहे पनि आर्सनलले चमत्कारी प्रदर्शन गर्यो ।
योसँगै आर्सनल क्वार्टरफाइनलनजिक पुगेको छ। दोस्रो लेगमा सामान्य नतिजाले नै आर्सनललाई अन्तिम आठमा पुर्याउनेछ।