भन्सार र पानीजहाज विधेयकका लागि अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
2.7k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको दिउँसो १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।