arrow

कांग्रेस प्रवक्ताले गरिन् रोहित शर्माको अपमान, भाजपाले भन्यो – च्याम्पियनको अपमान  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
rohit-sharma-worldcup-history.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय कांग्रेसकी प्रवक्ता शर्मा मोहम्मदले भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित शर्माको अपमान गरेकी छिन् । 

च्याम्पियन्स ट्रम्फीमा लगातार तीन जितसहित समूह विजेता बन्दै भारतलाई सेमिफाइनलमा पुर्याएका कप्तानको उनले अपमान गर्दै रोहितको फिटनेस र कप्तानीमाथि सवाल उठाएकी हुन् । 

उनले सामाजिक सञ्जालमा –एक खेलाडीका रुपमा रोहित शर्मा मोटा छन् । उनले आफ्नो वजन कम गर्नुपर्छ ।’

उनको यो स्टाटसको चर्को विरोध भएपछि कांग्रेसले बाध्य भएर पार्टीले खेल हस्तीहरुको सम्मान गर्ने बतायो । पार्टीले शमालाई उक्त पोष्ट डिलेट गर्न भनेसँगै उनले सो पोष्ट हटाएकी थिइन् । 

कांग्रेसको उक्त प्रतिक्रियापछि भारतीय जनता पार्टी (भाजपा) ले खेलाडीको अपमान गरेको भन्दै आक्रोश पोखेको छ । 

भाजपाले च्याम्पियनको अपमान भएको भन्दै आक्रोश पोखेको हो । भाजपा नेता शहजाद पुनावालाले भने, ‘जसले राहुल गान्धीको चुनावमा ९० चुनाव हारे उनीहरु नै रोहित शर्माको कप्तानीलाई बेकार बताइरहेछन् ।’

पुनावालाले रोहितको ट्रयाक रेकर्डको तारिफ गर्नुका साथै टी–२० विश्वकप जितको प्रसङ्ग पनि उठाए । 

कांग्रेस छाडेर भाजपामा आएकी नेतृ राधिका खेडाले कांग्रेसले दशकौँदेखि खेलाडीको अपमान गरेको आरोप लगाइन् । उनले एक क्रिकेटका दिग्गजको मजाक उडाएको बताइन् । 

रोहितले ६७ टेष्ट खेल्दा उनको स्ट्राइक रेट ५७ रहेको छ भने १२ शतकसहित ४ हजार ३०१ रन छ । 

उनले २७१ एक दिवसीयमा ९२.८० स्ट्राइक रेटमा ३२ शतक र ५७ अर्धशतकसहित ११ हजार ६४ रन बनाएका छन् । 

त्यस्तै टी–२० मा १५९ खेलमा ५ शतक र ३२ अर्धशतकसहित १४०.८९ को स्ट्राइक रेटमा ४ हजार २३१ रन बनाएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ