arrow

श्रीमतीको घाँटी थिचेर हत्या गर्ने दिनेश पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
sindhuli.png

सिन्धुली । सिन्धुलीमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुधौली नगरपालिका वडा नं ८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदा छन् ।

दुधौली नगरपालिका वडा नं ९ की १७ वर्षीया अनिशा सदाको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दिनेशले आइतबार राति भान्सामा घाँटी थिचेर श्रीमतीको हत्या गरेको प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

एसपी काफ्लेका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आपसी मनमुटावका कारण श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको र दिनेशले श्रीमतीको हत्या गरेको भनी स्वीकारेको छन् ।

श्रीमतीको हत्या गरेको आरोप लागेका दिनेशलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखेर अहिले अनुसन्धानको काम भइरहेको छ ।

घटनास्थलबाट मुचुल्का तयार गरी ‘पोष्टमार्टम’का लागि शव स्थानीय नगरअस्पताल सिर्थौलीमा लगिएको प्रहरीले जनाएको छ ।

करिब १० महिना अघि मात्र दुधौली नगरपालिका-९ लालपुरकी अनिशासँग दिनेशले प्रेम विवाह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ