गणेश रसिक र ध्रुव सापकोटालाई परशु–कल्पना स्रष्टा सम्मान
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
771
Shares
काठमाडौँ । नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रुपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’अर्पण गर्ने निर्णय गरेको छ ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो ।
दुवैजना सम्मानित स्रष्टालाई रु ५० हजार १सय १ नगदराशिसहित सम्मान गरिने छ ।
नेपाली साहित्यमा पाँचदशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा विशिष्ट योगदान पुर्याएकोमा उनीहरुलाई यो सम्मान अर्पण गरिने समाजका अध्यक्ष रोदनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उक्त सम्मान आगामी चैत ५ गते काठमाडौँमा एक कार्यक्रम गरी अर्पण गरिने भएको छ ।
परशु–कल्पना स्रष्टा सम्मानका लागि वरिष्ठ साहित्यकार पवन आलोकको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो ।
सोही समितिको सिफारिसलाई समाजको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको पनि रोदनले बताए ।